बर्दिबास, ३ असोज । बर्दिबास नगरपालिका-९ स्थित श्री राष्ट्रिय माध्यमिक पशुपतिनाथ बनारझुल्ला विद्यालयले प्रभातफेरि गरी संबिधान दिवसको मनाइएको छ ।
‘संबिधान दिवस २०७६ भव्यताका साथ सफल पारौं ’ भन्ने नाराको विद्यालयले संबिधान दिवस मनाएको विद्यालयका प्र.अ. सुर्यदेव महतोले टुडे खोजलाई जनाकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय समाजसेवी भीमबहादुर आले मगरले संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती रहेको बताएका छन् ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि , समाजसेवी , शिक्षक र विद्यार्थीहरुको उपस्तिती रहेको थियो ।



