खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो


काठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ ।

साविकको मूल्यमा बाह्यतर्फ हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर तथा एलपी ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घटाइएको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार घटेको मूल्य शनिवारबाट लागू हुनेछ ।

अब काठमाडौंको हकमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर र एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ