काठमाडौं, ५ असोज । नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिकमा हुने भएको छ । बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुको लाइसेन्स परीक्षा आगामी कात्तिक ३० गते हुने भएको हो ।
नेपाल नर्सिङ परिषद्ले सूचना जारी गर्दै नर्सहरुको लाइसेन्स परीक्षा कात्तिक ३० गते हुने जनाएको छ । बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुले नेपाल नर्सिङ परिषद्बाट लाइसेन्स लिएपछि मात्रै अस्पतालमा काम गर्न पाउँछन् ।
परिषद्ले लाइसेन्स परीक्षामा सहभागि हुने नर्सहरुलाई अनलाइनबाटै फर्म भर्ने व्यवस्था गरेको छ । त्यसका लागि परीक्षार्थीहरुले कात्तिक ८ गतेसम्ममा अनलाईन फारम भरेर परीक्षामा सहमागी हुनसक्ने छन् ।
लाइसेन्स परीक्षामा सहभागी हुनको लागि नेपाली नागरिकका लागि १ हजार ६ सय र विदेशी नागरिकका लागि पाँच हजार एक सय परीक्षा शुल्क तोकिएको छ ।