Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

शैक्षिक हब बन्दै बर्दिवास

टुडे खोज लेखक टुडे खोज
अशोज ८, २०७६, ९:०४ AM
0
शैक्षिक हब बन्दै बर्दिवास

बर्दिबास, ८ असोज । महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयबाट रोल्पाकी रमिला डाँगीले भर्खरै तीनवर्षे बाली विज्ञान विषयको डिप्लोमा पढाई सकेकी छिन् । ‘पश्चिमको मान्छे मध्यतराईको बर्दिबासमा बसेर कसरी पढाइ पूरा गरुँला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘राम्रो शैक्षिक वातावरण पाएँ  । नतिजा पनि राम्रो आयो ।’

महोत्तरीको बर्दिबास नगरपालिकाभित्र विभिन्न विधाको उच्च तहको पठनपाठन भइरहेको र थप विषयका कलेज स्थापनाको प्रक्रिया धमाधम अघि बढेसँगै बर्दिबास शैक्षिक हबका रूपमा विकास हुँदै गएको छ । देशका विभिन्न ठाउँबाट अहिले बर्दिबासमा अध्ययनका लागि विद्यार्थीहरू आउने क्रम बढेको छ । एसईई परीक्षाको नतिजा आएपछि थप पढाइका लागि अहिले बर्दिबास धेरैको गन्तव्य नै बन्ने गरेको छ । बर्दिबास नगरपालिकाभित्र जनता माविले कक्षा ९ बाटै प्राविधिकतर्फको पशु विज्ञान विषय १२ सम्म अध्ययन गराउँछ भने नगरभित्र विभिन्न सामुदायिकले नै कक्षा १० पास गरेपछि विभिन्न प्राविधिक पढाइ गर्न पाउने व्यवस्था मिलाएको छ ।

बर्दिबास जनता बहुमुखि क्याम्पस स्नातक तहसम्म कक्षा सञ्चालन भइरहेको थियो । सो कलेजमा यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जनता बहुमुखी क्याम्पसमा हाल शिक्षा सङ्कायमा स्नातकोत्तरसम्म र वाणिज्य सङ्कायमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ । बर्दिबास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुरु भएपछि महोत्तरीलगायत छिमेकी जिल्ला धनुषा र सर्लाहीका समेत उच्च शिक्षा पढ्न नपाएर घर व्यवहारमा थन्किएका छोरी/बुहारी र जागिर वा व्यवसायमा लागेका व्यक्तिलाई उच्च शिक्षा लिन राम्रो अवसर बनेको क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बताए ।

यस्तै बर्दिबास ६ स्थित किसाननगरमा कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरको आङ्गिक कलेजको रूपमा प्राकृतिक स्रोध साधन कलेज सञ्चालित छ । कलेजमा देशभरिबाट ५४ छात्रछात्राले कृषि तथा वन विज्ञान सङ्काय विषयमा स्नातक तहको अध्ययन गरिरहेका छन् । महोत्तरीको बर्दिबास आएर प्राकृतिक स्रोत कलेजमा पढ्ने विद्यार्थीमा देशको पश्चिमी क्षेत्रका छात्रछात्राको सङ्ख्या बढी छ । सुदूरपश्चिम प्रदेशका मात्रै १० छात्रछात्रा रहेका कलेजमा अध्ययन गरिरहेका कलेज प्रशासनले जनाएको छ ।

बर्दिबासमै गत आर्थिक वर्ष ०७५/७६ मा बर्दिबास मेडिकल कलेजको कार्यालय स्थापना भएर सो कलेजको काम पनि अघि बढेको छ । बर्दिबास मेडिकल कलेजको कार्यालय स्थापना भएर अन्य काम अघि बढेपछि कलेजको आकर्षणले पनि घरजग्गा जोड्ने र व्यापार व्यवसायका लागि समेत बर्दिबास रोज्नेको सङ्ख्या बढ्दै गएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हादकुमार क्षत्रीले बताए ।

त्यस्तै बर्दिबास ११ स्थित खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय गत वर्ष नै सञ्चालनमा आएको हो । व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त डिप्लोमा (स्नातक) तहको पठनपाठन हुने शिक्षालयमा सर्भे (नापी, अमिनी), वन, सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फुड एन्ड डेरी विषयमा स्नातक तहको पठनपाठन हुँदै छ । शिक्षालयमा प्राविधिक शिक्षा लिन देशका विभिन्न जिल्लाबाट विद्यार्थिको उपस्थिति रहेको छ ।

यसैगरी बर्दिबास–६ किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा सीटीईभीटीकै सम्बन्धनमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु भएको दुई वर्ष नाघिसकेको छ । बर्दिबासकै देउराली माविमा वन विज्ञानको पढाइ सुरु भएको छ । देउराली माविले यसै वर्षबाट वन सीटीईभीटीबाट मान्यता लिएर वन विज्ञानको ३ वर्षे डिप्लोमा पढाइ सुरु गरेको प्राचार्य केदार कोइरालाले बताए । साथै विद्यालयले सर्भे विषयको पनि पढाइ सुरु गर्ने तयारी थालेको पनि कोइरालाले जानकारी दिए ।

यसैगरी बर्दिबास–२ स्थित बर्दिबास क्षेत्रकै पुरानो जनता माध्यमिक विद्यालयले अटो मोबाइल विषयको डिप्लोमा तह पठनपाठन यसै वर्षको मंसिरसम्म सुरु गरिने बताएको छ । यस वर्ष सरकारले नमुना विद्यालय घोषणा गरेको विद्यालयले नयाँ विषय छनोट गरेर पठनपाठन सुरु गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताए ।

बर्दिबास नगरपालिकाभित्र सञ्चालित ५२ सामुदायिक विद्यालयमा ३ वटाले प्राविधिक विषयको पढाइ सुरु गरिसकेको र एक विद्यालय प्राविधिक कक्षा सञ्चालनको तयारीमा रहको नगरपालिका शिक्षा शाखाले जनाएको छ । बर्दिबासमा ३० संस्थागत विद्यालयअन्तर्गत २ वटाले कक्षा १२ र एक विद्यालयले कक्षा ११ को पठनपाठन सुरु गरिसकेका छन्।-सुनिता बराल—कान्तिपुर दैनिक


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध