ज्यान मार्ने मुद्दाका अभियुक्त २४ वर्षपछि पक्राउ, जेल चलान


वीरगञ्ज, १२ असोज । ज्यान मार्ने मुद्दाका एक अभियुक्तलाई पर्सा प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १२ का ४९ वर्षीय चिनवा भन्ने समिम अख्तर अन्सारी छन् ।

अन्सारीलाई सर्वोच्च अदालतले ज्यान मार्ने उधोग मुद्दामा २०५२ साल जेठ २५ गतेको फैसलाले ४ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला सुनाएको थियो । पक्राउ परेपछि अन्सारीलाई सजाय भुक्तानका लागि जेल पठाएको छ ।

प्रकाशित : २०७६ आश्विन १२, आईतवार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ