लहान, १३ असोज । अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक पदार्थ पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो ।
भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।