वीरगन्जमा ५ लुटेरा प्रहरी फन्दामा


वीरगञ्ज, १४ असोज । पर्सा प्रहरीले वीरगञ्जबाट ५ लुटेरालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका ४ का १५ वर्षीय कन्हैया लाललाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।

जगरनाथपुर गाउँपालिका ४ हरपुरका १६ वर्षीय अरुण मल्ली, १५ वर्षीय भोला मल्ली, ४० वर्षीय घुरिल मल्ली, २५ वर्षीय सन्नी राम र भारत बिहार वेतियाका २६ बर्षिय अजय राम पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्ज–१५ बसपार्कमा लुटपाट गर्ने क्रममा उनीहरुलाई पक्राउ परेका छन् । पाँचै जनामाथि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : २०७६ आश्विन १४, मंगलवार १२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ