Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ को दलित बस्तीमा आएन दशैं, बच्चाहरु नाङ्गै, दुई छाक टार्नै धौ-धौ

टुडे खोज लेखक टुडे खोज
अशोज १६, २०७६, ६:४६ AM
0
प्रदेश २ को दलित बस्तीमा आएन दशैं, बच्चाहरु नाङ्गै, दुई छाक टार्नै धौ-धौ

वीरगञ्ज, १६ असोज । प्रदेश नं २ का आठ जिल्लामा दसैंको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, ‘उडायो सपना सबै हुरीले ।’ ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन ।

‘दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरु नाङ्गै छन्, हाम्रो केको दसैं हुनु ? हाम्रो लागि त दशैँ होइन दशा पो रहेछ,’ स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्नुहुन्छ, ‘यस पालि मात्रै हो र, हाम्रो लागि त प्रत्येक वर्ष दशैँ दशा मात्र हुँदो रहेछ ।’

गाउँकै अन्य बस्तीमा दशैँको रमाइलो छाएको छ । नयाँ नयाँ लुगा, मीठो खानेकुरा को चलन छ त दलित बस्तीमा भात नै ठूलो कुरा भएको छ । ‘मीठो मसिनो खाने र नयाँनयाँ लुगा लगाउने कसलाई मन पर्दैन र !,’ बस्तीका भरछिया माझी भन्छन्, तर, हामीले आफ्ना बालबालिकालाई दुई छाक दाल, भात, तरकारी खुवाउनु भनेको सपना जस्तो भएको छ।’

बस्तीका बालबालिका मासुको एक चोक्टा पनि नपाउँदा नदीखोलामा चहार्दै माछा, घोघही र गंँगटो मार्न यताउता भौँतारिरहेको देखिन्छ। बस्तीमा राससकर्मी पुग्दा अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन ।

त्यहाँका बूढापाकाको एउटै भनाइ थियो, ‘हाम्रो बालबलिकाको बाँच्ने परिवेश यस्तै हो। नत पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ। सबै मीठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुल्हो बल्ने स्थिति नै छैन । नजिकको गाउँमा दशैँ मेला लागेको छ। बालबालिकाले मेला भर्न कराइरहेको भए पनि उनीहरुलाई मेला पठाउन सकिएको छैन ।’

गएको चुनावका बेला त नेताहरु आएर ठूल्ठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान नदिएको लोरिक माझी बताउँछन् । माझीले भने, ‘हाम्रो दैनिकी कसरी बितिरहेको छ कसले हेर्ने रु भोट लिने नेताहरु आजसम्म फर्केर आएका छैनन्, हामी त भोट बैंँक मात्र हौँ ।’

बारा जिल्लाको सदरमुकाम कलैयाको बरियारपुर सडक खण्डको भुतही पुलदेखि करीब दुई किमीको दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताए । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुले चाडपर्वमा रमाइलो गर्नु भनेको मीठो सपना देख्नु मात्र भएको यादवको भनाइ छ ।

सधैँ अभाव र पीडामा बाँचिरहेका मुसहरहरु छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्छिन्, ‘न त घरमा अन्न छ न वस्त्र नै, शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकोले सधैँभरि साहु महाजनको ऋृणमा नै डुब्नुपर्छ । रोजगारीको अर्को विकल्प हामीसँंग छैन ।’

दशैँ जस्ता चाडपर्व त धनी मानिसको लागि भएको र चाडपर्व आउँदा आफूहरु झन् ऋृणमा डुब्ने गरेकाले आफ्ना लागि यस्तो चाडपर्व नआइदिए हुने लक्ष्मण सदा बताउँछन् । उनले पीडा पोख्दै भने, ‘हामी त नेताहरुको लागि भोट बैंक भएकोले सबै दलले हामीबाट फाइदा मात्र लिने गर्छन् ।’

मुसहर बस्तीमा जसोतसो गरी भात पाके पनि दाल र तरकारीको समस्या हुने गर्छ। दाल, तरकारी किन्ने पैसा छैन। दैनिकी ज्यालादारी गरी ल्याइएको चामल पकाउँदा भात त पाक्छ तर दाल तरकारीको समस्या यथावत रहने सेवकी सदा जानकारी दिइकी छिन् ।

सङ्घीय सरकारले नै दलितलाई हेला गरेको र प्रदेश सरकारले पनि बेवास्ता गरेको गुनासो दलित अधिकारकर्मी सिकेन्द्र पासवानले गरेका छन् ।

  • वीरेन्द्र कर्ण, रासस/ नेपाल न्यूज

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध