जनकपुरको राजदेवी मन्दिरमा साढे १४ हजार बली चढ्यो


जनकपुरधाम, २० असोज । यहाँको ऐतिहासिक तथा प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष बलीप्रदान घटेको छ । गत वर्षको तुलनामा ३६४ कम बली चढेको हो ।

पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहका अनुसार यसबर्ष १४ हजार ६ सय ३३ बोकाको मात्र बलीप्रदान गरिएको छ । गत वर्ष भने १४ हजार ९ सय ९७ बोकको बली प्रदान गरिएको थियो ।

राजदेवी मन्दिरमा आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदान आज विहान सकेको छ। यसवर्ष बलीप्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो । यहाँ बलीप्रदान कार्य सकेपनि तराई मधेसका अन्य शक्तिपीठहरुमा बलीप्रदान जारी छ ।

जनकपुरको राममन्दिरमै रहेको राजदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ। मन्दिरमा पूजापाठ गर्नेहरुको ठूलो भिड लागेको छ। महिला र पुरूषको अलग अलग लाइन लगाएको छ ।

प्रकाशित : २०७६ आश्विन २०, सोमबार ०४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ