सिरहा, २१ असोज । सिरहाको औरही गाउँपालिका ५ मा विजया दशमीको अवसरमा कुस्ती (पहलवानी) भइरहेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादबले सोमवार दुई पहलवानको हात मिलाएर कुस्तीको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रदेश लोकसेवा अध्यक्ष सुरेन्द्र यादव, वडाध्यक्ष दिलिप यादव, शिक्षक श्यामन्नदन यादव लगायतको उपस्थिति थियो । उद्घाटन पछि रोमान्चक कुस्ती सुरु भयो । सोमवार केहिबेर कुस्ती भएर सक्यो । आज फेरी कुस्ती भइरहेको छ । कुस्तीमा सहभागीका लागि नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् । आज पनि कुस्ती भइरहेको छ । कुस्ती हेर्न गाउँ गाउँबाट हजारौं मानिस आएका छन् । हेरौं केहि दृष्य :








