Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

छाडा चौपायाको बिगबिगीः ट्राफिक व्यवस्थापनदेखि दुर्घटनासम्मको समस्या

टुडे खोज लेखक टुडे खोज
अशोज २३, २०७६, ३:२३ AM
0
chhadagai bastu

गोपालप्रसाद बराल
बर्दिबास, २३ असोज ।
महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु कहिले किसानको खेतमा पुगेर बाली नष्ट गरिदिन्छन् त कहिले सडकमा हिँडेर यातायात अवरुद्ध पार्छन् ।

घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशु चौपाया नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा विचरण गराउने आम प्रचलन बढेसँगै ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरू पटक÷पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर घाइते समेत भएका छन् ।

बिहान मिरमिरे उज्यालो देखिनासाथै यस्ता पशु पाल्नेहरुले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईवस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ ।

“बजार, चोकतिर हिँड्डुल गर्न डरमर्दो भएको छ”, बर्दिवास–१४ की गृहिणी पुनम महतो भन्नुहुन्छ, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । राष्ट्रिय महत्वका दशैँ, तिहार र छठजस्ता धार्मिक चाडबाडमा बजार, सडकक्षेत्र सफा गरिनुपर्ने भए पनि छाडा पशु चौपायाले दैनिक रुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । अहिले दशैँभरिको फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

गाईबाहेक खुला चरनमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन÷आँगन चाहर्ने सुँगुँरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजीककी बासिन्दा देवरती साह बताउनुहुन्छ ।

गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । “बाबु पुर्खादेखि नै सुँगुर छोइएन”, जलेश्वर–२ बुद्धिजीवीचोक नजीककी गृहिणी रञ्जु बराल भन्नुहुन्छ, “हामी त यो सुँगुर आतङ्कले आजित नै भयौँ ।” मुस्लिम (इस्लाम) धर्मावलम्बीको सघन बसोबास भएका बस्तीमा छाडा सुँगुरले सर्वसाधारण झनै आजित भएका छन् । सुँगुर छुन नहुने धार्मिक आस्था भएका मुस्लिम बस्तीमा एकाबिहानै फोहरका डुङ्गुर उध्रिन्दै सुँगुर पस्ने गरेका जलेश्वर–१ का महमुद आलमको गुनासो छ ।

जिल्लाका सबैजसो नगर÷गाउँ क्षेत्रमा छाडा पशु चौपायाका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । “खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?”, भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्नुहुन्छ, “नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।” छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो जिल्लाको पुरानो समस्या भए पनि स्थानीय तह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ ।

यसैबीच जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउनुहुन्छ । “छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको तत्परता त हुनुपर्छ”, संयोजक सिंह भन्नुहुन्छ, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनुपर्छ ।” घरपालुवा पशु छाडा गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय तहले तत्काल काम थाल्नुपर्ने संयोजक सिंहको भनाइ छ ।

छाडा चौपायाले ट्राफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्नुहुन्छ, “छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाइने तयारीमा छु ।” “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशुधनीलाई दण्डजरिवाना गर्ने व्यवस्था गर्न लागेका छौँ”, प्रमुख साह भन्नुहुन्छ, “कार्यालय (नगरपालिका कार्यालय) कै तर्फबाट यस सम्बन्धमा गरिनुपर्ने कामबारे सघन छलफलमा छौँ, उपयुक्त निर्णय हुनेछ ।”

जिल्ला समन्वय समितिका संयोजक सिंह छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताउनुहुन्छ । “अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तरक्रिया गरेर साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु”, उहाँ भन्नुहुन्छ । जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।-रासस


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध