दुर्घटना हुँदा एक जनाको मृत्यु


नवलपरासी, २३ असोज । नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बोलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बोलेरो चालक पश्चिम नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको हो ।

मृतकको बोलेरो भित्रै च्यापिएकोले निकाल्न कठिन भएको थियो । राति साढे १० बजे दुर्घटना भएको भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए । बेलेरोमा सवार अन्य ३ जना घाइते भएका छन् ।

प्रकाशित : २०७६ आश्विन २३, बिहीबार ०४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ