महोत्तरी, २३ असोज । दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ महोत्तरीमा सम्पन्न भएको छ ।
महोत्तरीको बलबा नगरपालिका-८ स्थित सरनचियामा समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । वडाध्यक्ष दिपनारायण यादवको अध्यक्षतामा भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुक्ष अतिथिको रुपमा समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव र विशिष्ट अतिथिको रुपमा आर्थिक मामिला तथा कानुन राज्यमन्त्री एवं समाजवादी पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सरोज सिंह कुशवाहा रहेको थियो ।
त्यस्तै, अथितिमा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष नगेन्द्र यादव लगायत स्थानीय कार्यकताको उपस्थिति रहेको थियो । राज्यमन्त्री कुशवाहाले दिपावली एवं छठ पर्वको अवसरमा सम्पूर्ण वडावासीहरुलाई शुभकामना व्यक्त गरे ।
उनके स्थानीय स्तरका समस्याहरु समाधान गर्ने क्रममा वडाका युवाहरुको सक्रिय सहयोग र सहभागिताविना सम्भव नहुने बताए । उनले आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।