पक्राउ परेकी सुनिता साह आफ्नो कार्यकर्ता नभएको समाजवादी पार्टीको दावी


सप्तरी, २५ असोज । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको विरोध गर्ने आशंकामा पक्राउ परेकी सुनिता साह आफ्नो पार्टीको कुनै पदमा नरहेको समाजवादी पार्टीले जनाएको छ ।

समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले शनिवार विज्ञप्ति नै निकालेर पक्राउ परेकी साह हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको दावी गरेका छन् । विगत केही दिनदेखि नै पार्टी विपरित क्रियाकलाप गर्दै आएको र पार्टीको सदस्य समेत नरहेको साह पक्राउ पर्दा सिंगो पार्टीको बदनाम हुनेगरी समाचार आएकोमा समाजवादी पार्टीले आपत्ति पनि जनाएको छ ।

तर साह समाजवादी पार्टी प्रदेश २ कार्य समितिका सदस्य र अन्तरमहिला सञ्जाल सप्तरीका अध्यक्ष पनि रहेको स्रोतको दावी छ । उनलाई प्रहरीले शुक्रवार राजविराजस्थित घरबाटै पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित : २०७६ आश्विन २५, शनिबार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ