सप्तरी, २९ असोज। प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले विपद् जोखिम न्यूनिकरणका लागि दश वर्षे रणनीतिक कार्य योजना निर्माण गर्न लागेको बताएका छन् ।
मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजित जिल्ला विपद् व्यवस्थपन समितिसँगको अन्तरक्रिया गोष्ठीमा राज्यमन्त्री कुशवाहाले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार विपद् जोखिम न्यूनिकरण कसरी घटाउने विषयमा योजना बनाउन लागेको जानकारी दिए ।
राज्यमन्त्री कुशवाहाले शान्ति सुरक्षा र विकासलाई दिगो बनाउन विपद जोखिम न्यूनीकरण आवश्यक रहेको समेत बताए । विपद व्यवस्थापन भन्दा एक कदम अगाडी बढेर काम गर्नुपर्ने आवश्यकता समेत उनले औल्याए ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, पत्रकार, बुद्धिजिवी, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।