जनकपुरधाम, २९ असोज । संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेका छन् ।
तालाबन्दी गर्नबाट सुरक्षाकर्मीले रोकेपछि राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक पारमेश्वर साह, जनकपुरधामकी उपमेयर रिता झा, प्रदेश सांसद सुरिता साह, पूर्वसांसद दिनेश साह कार्यालयमै केहिबेर धर्ना बसे । त्यसपछि सुरक्षाकर्मी तालाबन्दी गर्न दिएको छ ।
तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरु बुद्ध एयर ‘गो ब्याक‘ नारा लगाए । तालाबन्दीपछि राजपाका कार्यकर्ता त्यहाँबाट हिँडेका छन् ।

मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस संचालन गर्न नदिने सांसद पारमेश्वर साहले जानकारी दिए ।