दाङ,३० असोज । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गोप्य बैठकमा छापा मारेको छ । नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका–४ को मुग्रेटाखोलाको जंगलमा राप्ती बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले बैठकबाट विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज विरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता कार्यकर्ता हातहतियार तथा बिस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार प्रहरीले उनीहरुलाई सदरमुकाम घोराही ल्याएको छ ।