सिरहा , ३० असोज । मुख्यमन्त्री लालबाबु राउतले समाजको शोच परिवर्तन गर्न प्रदेश सरकार ले साईकल बितर ण अभियान सञ्चालन मा ल्यायेको बताउनु भएको छ ।
सिरहाको भगवनपुर गा पा इनरवा स्थित हनुमान प्रसाद शारदा मा वि कक्षा ८ मा अध्ययनरत ५० जना छात्राहरुको लागी आयोजित साइकल बितरण कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजमा ब्याप्त रहेकोे छोराछोरी बीच को विभेद अन्त गर्न यो अभियान सहायक बन्ने बिश्वास व्यक्त गर्नु भयो ।
समाज को आधा हिस्सा महिलाहरू शिक्षित भए मात्र प्रदेश विकसित हुने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार महिला हरुको शिक्षा मात्र नभई रोजगारी को ग्यारेन्टीको लागी ५०%आरक्षणको ब्यबस्था समेत गरि सकेको बताउनु भयो ।
आजको आबस्यक्ता प्राबिधिक शिक्षाको रहेकोे उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले प्राबिधिक शिक्षा सम्बन्धित येन चाडैं ल्याउन लगेको बताउनु भयो ।
कार्यक्रम मा पूर्ब मन्त्री राजलाल यादव , समाजबादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, सजिला यादव , भगवानपुर गपा अध्यक्ष चन्देश्वर यादव सहितको उपस्थिति रहेको थियोे ।