पाल्पा ,१ कार्तिक । ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२०२ नम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।
ट्रक सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतको सनाखत भइसकेको छैन ।