रौतहटमा बालिकहरुलाई साइकल वितरण


गौर, २ कार्तिक । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रम विच विद्यालयमा कक्षा ८ मा अध्यनरत बालिकाहरुलाई मुख्यमंत्री बेटी बचाऊ बेटी पढ़ाउ अभियान अन्तर्गत साइकल वितरण गरिएको छ ।

प्रदेश सरकारको सहयोग तथा विद्यालयको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा कक्षा ८ का ३२ जना छात्राहरुलाई प्रमुख अतिथि पूर्व सभासद श्रीमती रम्भा देवी यादवले साइकल हस्तानान्तरण गरेका हुन ।

कार्यक्रमको सम्वोधन गर्दै पूर्व संविधान सभा सदस्य यादवले अभिभावकहरुले छोरीहरुलाई नियमित रुपमा विद्यालय पठाउनु पर्ने जोड़ दिएका छन । शिक्षामा बालिकाहरुको सहज पहुंच हुने उदेश्यले सञ्चालन गरेको बेटी बचाऊ बेटी पढ़ाउ अभियानले बालिकाहरु नियमित रुपमा विद्यालय आउने विश्वस व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले विद्यालय नमूना विद्यालयको रुपमा स्थापित भएकोले गाउका सवै छोरीहरु शिक्षा हासिल गर्न सकिने सहज भएको बताएका छन । बदलिदो परिवेश र आधुनिक युगमा शिक्षाको महत्त्व बढेकोले शिक्षा नभए समाज , राष्ट्र शिक्षित हुन नसक्ने उल्लेख गरे ।

उनले करोड़ोको लगानी लगाएर विद्यालयको भौतिक पूर्वाधारमा सुधार गरिएकोले स्तरीय शिक्षा हासिल गर्न सकिने बताए । प्राविधिक शिक्षा अध्यन गर्ने बालिकाहरुको विद्यालयमा सुरक्षित रुपमा ल्याउने र घर पुर्याउने उदेश्यले विद्यालयको आतंरिक आय बाट १५ लाख मा स्कुल बस खरीद गरेको जनाए ।

प्रकाशित : २०७६ कार्तिक २, शनिबार ००:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ