सुतिरहेकी महिलाको घरमै गएर प्रहरीले नै बलात्कार गरेपछि…


सुनसरी, २ कात्तिक । सुनसरीमा एकजना प्रहरीमाथि बलात्कारको आरोप लागेको छ । धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।

‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ ।शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

श्रीमान्को मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् । मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।

ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

https://www.youtube.com/watch?v=c2d5JtFlqXw
प्रकाशित : २०७६ कार्तिक २, शनिबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ