मुकेश यादव
सिरहा, २ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय सिरहाले ठुलो परिमाणमा लागुऔषध गाजाको बोट नष्ट गरेको छ ।
सिरहाको गोलबजार नगरपालिका वाड नं. १० मा लागुऔषध गाजाको व्यवसायिक खेती हुने गरेको सुराकीको आधारमा गाजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीले जनाएको छ ।
अवैध रुपमा लगाइएको ८ हजार ५ सय थान गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।
प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीले बताए ।