सिरहामा प्रहरीको छापा, १३ लाख बराबरको अवैध समान बरामद


मुकेश यादव
लहान, ३ कार्तिक। भन्सार छलेर बिभिन्न सामान थन्काइएको सिरहाको गोदाममा प्रहरीले छापा मारेको छ । शनिबार सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित दुई वटा गोदाममा प्रहरीले छापा मार्दै भन्सार छलिएका सामानहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले दुई वटा गोदाममा छापा मार्दा रु १३ लाख ३६ हजार मूल्य बराबरको बिभिन्न सामानहरु बरामद गरेको छ ।

ती गोदामबाट कपडा, जुता, किराना सामान र भाडा वर्तन बरामद गरिएको छ । बरामद भएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताए ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ