सप्तरी, ४ कार्तिक। सप्तरीको बोदे बर्साइन र कंचनरुप नगरपालिकाबाट प्रहरीले गाँजाको बोट काटेर नष्ट गरेको छ । बोदे बर्साइनको ३ वटा वडा र कंचनरुपको एउटा वडामा लगाइएको गाँजाको बोट काटेर प्रहरीले नष्ट गरेका हुन् ।
बोदे बर्साइन नगरपालिकामा सात सय भन्दा बढी लागूऔषध गाँजाको बोट काटेर प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय बोदे बर्साइन तथा सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको संयुक्त टोलीले बोदे बर्सान नगरपालिकाको ३ वटा वडाबाट ७ सय गाँजाको बोट काटेर नष्ट गरेका छन् । वडा नम्बर २, ३ र ५ मा लगाइएको गाँजाको बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
कंचनरुप नगरपालिका वडा नम्बर ९ स्थित विष्णु मन्दिर टोलमा लगाएको एक सय ५० गाँजाको बोट ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।