जनकपुरमा जानकी लीलाको रिहर्सल


जनकपुरधाम, ४ कार्तिक । मैथिली कला संस्कृति क्षेत्रमा काम गर्ने जनकपुरधामको मिथिला नाट्य कला परिषद् मिनापका कलाकारहरू अहिले सांगीतिक नाटकको तयारीमा ब्यस्त छन् । बिहानदेखि साँझसम्म मिनापको कार्यालयमा जानकी लीलाको रिहलर्स भइरहेको हुन्छ ।

भारतका उत्तर प्रदेश सरकारको आयोजनामा अयोध्यामा हुन लागेको दीप महोत्सव तथा अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा नेपाली कलाकार पनि सहभागी हुँदैछन् । नेपालका अतिरिक्त भारत, रूस, मलेसिया, बंगलादेश, श्रीलंका, चीनलगायत देशका रामलीला समूह सो कार्यक्रममा सहभागिता हुनेछ।

साभार : शिलापत्र डटकमबाट

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ