विराटनगर, ६ कार्तिक। प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्बाहाङले चाडपर्वले नेपाली समाजलाई एकता बनाउन मद्दत पु¥याएको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक सद्भाव र एकताबिना असल समाजको परिकल्पना गर्न नसकिने भएकाले चाडपर्वले यस्ता विषयमा बल पु¥याएको छ भन्नुभयो । प्रदेश प्रमुख प्रा डा तुम्बाहाङले नेपालीले मनाउने पर्व विश्व समुदायका लागि प्रेरणा बनोस् भन्ने धारणासमेत व्यक्त गर्नुभयो ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले चाडपर्वले एकअर्कामा सहिष्णुता, आदर र सद्भाव बढाइरहेको चर्चा गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सकारात्मक सोच र विचारबाट नै मुलुकमा समृद्धि प्राप्त हुने कुरामा जोड दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले चाडपर्वका अवसरमा आयोजित यो कार्यक्रमले आपसी एकता र मित्रता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।