Breaking- सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यू


जनकपुरधाम, १७ कार्तिक । सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका ९ स्थित सुनकोशी नदिमा बस खसेको छ । बसमा सवार मध्ये कम्तिमा ६ जनाको मृत्यु भएको हो ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बस नदिमा खसेको प्रहरीले जनाएको छ । बा २ खा ७२४५ को बस खसेको डिएसपी माधव काफ्ले जनाए । उनका अनुसार उद्धार कार्य जारी छ । बस नदिमा पुरै डुबेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : 3 November 2019 8:25 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ