भारतको हिमाञ्चल प्रदेशबाट गाजासहित १२ नेपाली पक्राउ


काठमाडौं, १८ कात्तिक । भारतको हिमाञ्चल प्रदेशमा लागुऔषध गाँजासहित ३१ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ६ महिलासहित १२ जना नेपाली छन् ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको पार्वती गाउँबाट उनीहरु गत शनिबार पक्राउ परेको भारतको समाचार एजेन्सी एएनआईले जनाएको छ । पक्राउ परेका नेपालीको ठेगाना खुलाएका छैन ।

पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : 4 November 2019 10:12 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ