सिरहामा पनि मनाइयो पैगम्बरको जन्मदिन, राज्यमन्त्री मण्डल पनि सहभागी


सिरहा, २४ कार्तिक । मुस्लिम धर्मालम्बीको धर्मगुरु मो. पैगम्बरको जन्मदिन सिरहामा पनि मनाएको छ । सो अवसरमा सिरहाको कल्याणपुरमा हजारौंको सहभागीतामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल पनि सहभागीता जनाएका थिए । उनले जातपात र धर्मको आधारमा विभेद तथा छुवाछुत गर्न नपाउने बताए । उनले संविधानमै धर्मनिरपेक्ष उल्लेख भइसकेका कारण विभेद गर्न नहुने तर्क गरे ।

राज्यमन्त्री मण्डलले पैगम्बरको जन्मदिनको अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना दिए । उनले देशमा शान्ति र समृद्धिको कामना समेत गरेका छन् । उनले प्रदर्शनमा सहभागीहरुलाई सरबत र विस्कुट समेत वितरण गरेका थिए ।

करिब २ हजारभन्दा बढीको सहभागिता रहेको जुलुसमा वडाध्यक्ष अशोक मण्डल, राजपा नेता मो. शाकिर, लालबाबू मण्डल लगायतको पनि उपस्थिति थियो ।

प्रकाशित : २०७६ कार्तिक २४, आईतवार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ