सागका लागि क्रिकेट टोलीको घोषणा


काठमाडौं, २८ कार्तिक । आगामी मंसिर १५ गतेबाट नेपालमा हुने दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो। टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन्। यस्तै टोलीमा पूर्वकप्तान पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अभिनाश बोहरा, सुशान भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी र रासिद खान छन्।

यस्तै रिजर्व खेलाडीमा रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल छन। सागको पुरुष क्रिकेट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

सागमा भारत र पाकिस्तानबाहेक श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र नेपालले पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्दैछन। टेस्ट राष्ट्र श्रीलंका, बंगलादेशको यू–२३ टोली सहभागी हुँदैछ भने अन्य देशको सिनियर टोलीले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित : २०७६ कार्तिक २८, बिहीबार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ