हात्तीको आक्रमणबाट बाबु-छोराको मृत्यु


चितवन, ३० कार्तिक। दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका बाबु बाबुराम पौडेल र छोरा राजु पौडेल रहेका छन् ।

आज (शनिबार) बिहान मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।

ठोरीबाट माडीतर्फ आउँदै गर्दा आज बिहान करिब साढे ७ बजे जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ०५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ