बाराबाट प्राचिन बिष्णु भगवानको मुर्तिसहित एक पक्राउ


कलैया, १ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले सर्लाहीबाट लुकाईछिपाई राखिएको अवस्थामा बिष्णु भगवानको प्राचिन मुर्ति बरामद गरेको छ ।

सर्लाहीको बरथवा नगरपालिका वडा नं.१३ बसवरीया टोल बस्ने बर्ष ३१ का नबिन रामलाई पक्राउँ गरेको छ । पक्राउँ परेका रामले बारा सिम्रौनगढ नगरपालिका वडा नं.३ नयका टोलमाा यही कार्तिक ९ गते जे.सि.बिले पोखरी खन्ने क्रममा बिष्णुको प्राचिन फुटेको अवस्थामा मुर्ति फेला परेका थिए ।

ना १ क ५२०२ नं. जे.सि.बिको ड्राईबर रहेका राम सो मुर्ति आफनो निजी निवास बसवरीयाम राख्दै आएका थिए ।

हिजो बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गएको प्रहरीको टोलीले आफनो घर सर्लाहीमा लुकाईछिपाई राखिएको अवस्थामा रामलाई मुर्ति सहित पक्राउँ गरेको छ । रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आजको जनकपुर टुडे दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०३:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ