बीरगंजबाट काठमाडौं जादैं गरेको ग्यास बुलेट पल्टियो !


विरगंज , १ मंसिर। वीरगन्जबाट काठमाण्डु जादैं गरेको पीआर. ०६ जिडी. १११३ नम्बरको भारतीय ग्यास बुलेट धादिङको बेनिघाटमा पल्टिएको छ ।

ग्यास बोकेको उक्त बुलेट गाडी सडक छेउमा पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भईरहेको प्रहरीले जनाएको छ ।

अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ