पशुपतिनगरमा लगाएको गाजा खेती प्रहरीद्धारा नष्ट


बर्दिबास, १ मंसिर । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अवैध रुपमा लगाईएको गाजा खेती नष्ट गरेको छ ।

बर्दिबास नगरपालिका वडा नम्वर ९ स्थित पशुपतिनगरमा लगाईएको अवैध गाजा खेती आइतबार सशस्त्र प्रहरी बेश क्याम्प पशुपतिनगरले नष्ट गरेको छ ।

फडानी गरेको अवैध गाजा जलाएर पुर्ण रुपमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय चौलिखाका असई रामइश्वर महतो बताउनु भयो ।

विगत केही दिनदेखि जिल्लाको विभिन्न ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुले धमाधम अवैध गाजा खेति नष्ट पार्ने अभियानको थालनी गरेको ईलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जनाएको छ ।

प्रकाशित : 17 November 2019 8:06 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ