रानी मुखर्जीको ‘मर्दानी-२’ साचो घटनामा आधारित


एजेन्सी, ३ मंसिर। रानी मुखर्जी अभिनित चलचित्र ‘मर्दानी–२’ ट्रेलर सामाजिक सञ्जालमा तारिफ पाइएको छ। हातका रौँ ठाडा हुने दृष्य र अचम्म लाग्ने एक्सनले दर्शकलाई धेरै उत्साहित गर्छ। चलचित्रका निर्देशक गोपी पत्रनले यो चलचित्र वास्तविक जीवनमा आधारित घटना हो।

गोपीले भने, ‘मर्दानी–२ जस्तो चलचित्रको आइडिया केही भयानक प्रवृत्तिभएका साँचो घटनामा आधारित हुन्छ। यस्ता घटनाहरु तपाईँ अखबारमा पढ्नुहुन्छ। यस्ता खबरले तपाईलाई खङ्ग्रङ्ग पार्छन् अनि तपाईको मनमा घर बनाएर बस्छन्। मर्दानी–२ पनि यस्तै घटनामा आधारित चलचित्र हो, जुन घटना केही युवाहरुले घटाएका थिए।’ निर्देशकका अनुसार यस्ता अपराधहरु देशभरमा एकदमै छिटो बढिरहेका छन्। यस तर्फ ध्यान दिन जरुरी छ।

रानी मुखर्जी बाहेक यो चलचित्रमा विक्रम सिंह चौहान र राजेश शर्मा महत्वपूर्ण पात्र निभाएको देख्न सकिन्छ। चलचित्र १३ डिसेम्बरमा प्रदर्शनमा आउँदैछ, चलचित्रमा रानी फेरी एउटा दबंग प्रहरी अफिसरको रुपमा देखिँदैछिन्।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार ०४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ