सिरहामा २ थान अमेरिकन पेस्तोल र गोलीसहित एक युवक पक्राउ


लहान, ५ मंसिर । सिरहाबाट एक युवक अमेरिकन पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ३ इटारी पर्साहीका २१ वर्षीय अहमद मियाँ छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले मियाँलाई २ थान पेस्तोल र २ थान म्यागजिनसहित पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सिरहाको कल्याणपुर नगरपालिका २ चतरीघाटबाट मियाँ पक्राउ परेका छन् ।

मेड ईन युएसए लेखेको ७ एमएमको स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान बरामद भएको छ । त्यस्तै प्रहरीलाई हेरेर खेतमा फालेको फेट्री ब्राटा युएसए ९ एमएम लेखेको स्वचालित स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान समेत बरामद भएको छ ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ