नेपाली कामदारले कतारमा पाए साढे ४ लाख इनाम


दोहा, ९ मंसिर । कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्रहजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम स्वरुप प्रदान गरेका छन् ।

विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो । कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडि सकेको उनले बताए ।

कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए ।

प्रकाशित : २०७६ मंसिर ९, सोमबार ०१:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ