स्थानीय सेवामा कार्यरत कर्मचारी प्रदेशभरका जिल्लामा सरुवा हुनसक्ने


काठमाडौं, २३ मंसिर । प्रदेश लोक सेवाबाट स्थानीय सेवामा कार्यरत कर्मचारी सोही प्रदेशभित्र मात्रै सरुवा हुन पाउने भएका छन् । कांग्रेस सांसद दिलेन्द्र बडू लगायतले अन्य प्रदेशमा पनि जान पाउने प्रवधान राख्नुपर्ने माग गरे पनि अन्तत: एकै प्रदेशमा सरुवाको व्यवस्था मिलाउने गरी प्रदेश कानुन बनाउन सहमति जनाइएको हो ।

‘सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई निश्‍चित आधार र मापदण्ड निर्धारण गरी सम्बन्धित सोही प्रदेशभित्रको अर्को स्थानीय तहको समान पदमा सरुवा गर्नुपर्ने’ छलफलमा रहेको निरजामती कर्मचारी विधयेकमा व्यवस्था गरिएको छ।

यसअघि स्थानीय तहको सहमति लिनुपर्ने प्रावधान राखिएकोमा प्रतिवेदनमाथिको छलफलमा सहमति राख्ने वा नराख्ने भन्ने विषयमा प्रदेश कानुलले नै स्पष्ट पार्न सक्ने व्यवस्था गरिएको हो।

तीन तहका सरकार फरक/फरक भएका कारण स्थानीय तहले पनि आफ्ना कर्मचारीको विषयमा आफैँ कानुन बनाउनेसम्मको छलफल भएको थियो। त्यसपछि स्थानीय तहको सहमतिको लिएर सरुवा गर्न पाउने सहमति जुटाइए पनि पुन: प्रदेश कानुन व्यवस्था गर्ने गरी सहमति जुटाइएको हो।

कांग्रेस सांसद दिलेन्द्र बडु, डा. डिला संग्रौला, अमरेशकुमार सिंह र नेकपाका सांसद झपट रावल समेतले निश्‍चित अवधिपछि अन्य प्रदेशमा जान सक्ने व्यवस्थामा पनि छलफल गरिनुपर्ने बताएका थिए ।

नेकपा सांसद रेखा शर्मा, नवराज सिलवाल, पम्फा भुसाल लगायतले यो विषयमा प्रदेश मातहतको रहेकोले प्रदेशमा मात्रै सर्न सक्ने व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

प्रकाशित : २०७६ मंसिर २३, सोमबार १५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ