मानवता हराएको देश (ब्लग)


अरुण साह ‘अनिल’

२०७५ कार्तिक ७ गते लहानबाट बिरगन्जतिर विशेष कामले हिंडेका थिए । महोतरी बर्दिवासदेखि पश्चिम जंगलको राजमार्गमा ट्रकले हान्दा बाँदरको बच्चा घाईते भयो । सड्कपेटिमा रहेका बाँदरहरू जोरजोरले चिच्याउँदै आयो । घाईते बाँदरलाई काँखीमा च्यापेर माउ बाँदरले जंगलतिर पसे । बाँदरको दृश्य हेर्न बाईक साईडमा रोकेर बाँदरको हुलतिर सर्न खोजें । तर बाँदरले सर्न दिएन् । ठूलठूला दाँत र आँखा देखाउन थाले । केहि समय बाँदहरूको दुस्खद दृश्यावलोकन गरे । माउ बाँदरले घाईते बाँदरलाई काँखीमा च्यापेर रूखमा चढें । रक्तामै घाईते बाँदर पिडालाई पचाउँदै काँखीमा दरोढंगले समातेको दृश्य निकै रोचक र दुस्खद थियो । अरू बाँदरहरूको केयर र विपक्षीले गर्नसक्ने सम्भावित आक्रमणप्रति बाँदरको हुल निकै सचेत देथिन्थे ।

फर्किनेवेला सिरहाको बन्दिपुरमा तिब्रगतिमा रहेको हायस र बाईक हेर्दाहेर्दै एकआपसमा ठोकियो । बाईक पछाडि सबार ठहरै भए । बाईक चालकको अवस्था पनि गम्भिर नै थियो । एकछिन राजमार्ग दुबैतिर जाम भए । तर रोडमा छटपटाईरहेको घाईतेलाई उधार गर्न कोहि पनि अघि सरेन् । बरु मान्छेहरु मोवाईलमा तस्विर कैद गर्नमै व्यस्त देखिए । प्रहरी आएर एम्बुलेन्समा घाईते र लास लग्यो ।

एक वर्ष अगाडि सप्तरीको खड्क नगरपालिका ३ खर्चुहिया नजिकै बनरझुलाकि एक वालिकालाई बाईकले ठक्कर दिंदा अवस्था गम्भीर भयो । कुन वाईकले ठक्कर दियो प्रशासनले पतालगाउन सकेन । घाइते वालिकाको विराटनगर न्यूरोस्पतालमा उपचारकै क्रममा मृत्युु भयो । करिव साँझ ७ वजेतिर रातोकलरको वाईकले ठक्कर दिएर फरार भएको प्रत्येक्षदर्सिको भनाई थियो । पिडित पक्षले आक्रोस र हचुवाकै भरमा उस्ताउस्तै रातो कलर भएका धनुषाको वाईकवालाको गाडि नम्बर टिपेर मुदा चलाए ।

रोडमा छट्पटाई रहेकि घाइतेलाई पछिबाट आएको त्यो वाईकवालाले सड्कपेटीमा वाईक रोकेर घाइतेको उधारमा जुटेको उसको दावी थियो । पटकपटक कल्याणपुर थानामा पंचाइत बस्यो । तर, पिडितको अगाडि केही चलेन । अनुसन्धानका विषयनै ओझेलमा पर्यो । अन्तमा वाईकवाला कानुनी झन्झटको कारण हार खाए । र, मृतक पक्षलाई क्षेतिपूर्ति तिरे । यी तिनवटै घट्ना प्रतिनिधिमूलक घट्ना मात्र हुन् । दैनिक प्रायः यसतो घट्नाहरू रोड्मा घटिरहेका हुन्छन् । मैले भन्न खोजेको विषय के हो भन्ने यहाँ देखिएको बाँदर र मावीय संस्कारवीचमा अन्तर किन देखियो रु यो अन्तर कसले ल्यायो ?

पुस्ता अगाडि मात्र एउटा गाउँमा मान्छे मर्दा वरिपरि गाउँका मान्छेहरु हेर्न घुईचो लाग्थ्यो । तर यतिबेला तिनै मृत्युुहरु किन असामान्य बन्नगएको छ ? मानवीयता कुन युगले खोसेर लगे ? विषय गम्भीर छैन् र ? यहाँ एउटा बाँदरमा देखिने मानवीय गुन मानवमै किन हराउँदै गएको छ ? के साँच्चिकै मानव बाँदर र बाँदर मानव बन्ने युगको सुरुवात भएको हो ? समयले फड्को कतातिर मार्दै छन् । मानवले मानवलाई गर्नुपर्ने सहयोग र देखाउनुपर्ने मानवीय सम्बेदना हराउँदै गएको छ । यसको एउटै कारण हो राज्यको कानुनी जालझेल । अर्को कारण हो मूल्यहिन जीवन वीमा ।

मुलुकको कानुन यस्तो अवस्थामा छ कि जसले पनि सदुपयोग र दुरुपयोग दुबै गर्न सकिन्छ । अझै पनि कुनै एउटा अडानमा केन्द्रित छैन् संविधान । संवैधानिक धारा उपधाराले दोहोरो चरित्र प्रदर्शन गरेको छ । यसखाले दोहोरो चरित्रको संविधानले मुलुक र आधारभूत नागरिकको भलो गर्न सक्दैन । जसले जे गरे पनि हुने संस्कारमा आधारित छन् संविधान । शासकहरुका लागि बढी उपयोगी छन् संविधान । शाषितहरुका लागि कम । सड्क दुर्घटनामा सबैभन्दा धेरैको ज्यान जान्छन् । यसको प्रमुख कारण हो, रोड भन्दा गाडि धेरै । नागरिकको कम जीवन वीमा । गाडि भन्दा रोड कम हुनु । जसले गर्दा रोडमा मनपर्दी चालकहरुले जान अनजानमा मान्छे मार्नु । जीवनलाई हत्केलामा लिएर ट्राफिकको निर्देशनको अवग्या गर्नु ।

यसर्थ मुलुकमा देखिएको राजनितिक विरासत उन्मुख राज्य सताले बदनाम गरिसकेको छ । कानुनी जालझेलका कारण मानवमा मानवियता हराउँदै गएको छ । साँगुरो रोड र राजमार्गको कारण दैनिक दुर्घटनामा मान्छेहरु मरेकै हुन्छन् । कम पाउने जीवनवीमा र उपचार खर्चले रोड दुर्घटना बढेको छ । खुकुलो कानुनी घेरा छ । यसले पैसा भन्दा जीवन सस्तो हुन पुगेको छ । यसको प्रमुख दोषी चालक वा नागरिक होइन यहाँको कमजोर ब्यवस्थापन र सरकार हो ।

त्यसैले सरकार अविलम्ब नागरिकबाट कर असुलिए अनुसारको नागरिकलाई सेवासुविधा उपलब्ध गराउनु पर्छ । सडक दुर्घटना कम गर्न रोड फराकिलो र सोही अनुसार रोड प्रमिट दिनु पर्छ । दैनक जसो रोडमा सयौको संख्यामा गाडि थपिन्छ । रोड थपिदैन । दुर्घटनामा मृत्यु हुँदा पाँच लाखको जीवनवीमालाई कम्तीमा राज्यले मृतकको परिवारलाई जीवनयापनमा सहजहुनेगरी तीसलाखको वीमाको व्यवस्था गर्नुपर्छ । जसबाट दुर्घटना कम गर्न सकिन्छ ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ०५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ