धनुषाको विदेह नगरपालिकामा बस्दै आएका भुमिहीनहरुलाई उठिबास गराउँदै अदालत (भिडियोसहित)


सन्तोष यादब / जनकपुरधाम, ४ पुस । धनुषाको विदेह नगरपालिका १ का १५ घर भुमिहीन परिवार अदालतको आदेशले विस्थापित हुने भएको छ । जिल्ला अदालत धनुषाले भुमिहीनहरुलाई जग्गा खाली गर्न आदेश दिएको हो ।

स्थानीय रामसागर ठाकुरले सडकमै पर्खाल लगाएपछि भुमिहीनहरु रोकेका थिए । त्यसपिछ उनले आफ्नो जग्गा रहेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरे । अदालतले २०७६ जेठ ८ मा जग्गा खाली गर्न आदेश जारी गर्यो । अदालतको आदेशले उठिबास हुने चिन्ताले स्थानीयको निन्द हराम भएको छ ।

स्थानीय भन्छन्, ‘अदालतमा प्रतिउत्तर लगाएको थिए । तर वडाध्यक्षमा निर्वाचित भएका रामबृक्ष ठाकुरले अदालतमा मुद्दा नलड्न भन्यो । र मुद्दा लड्न छाडेपछि जग्गा खाली गर्न आदेश जारी गर्यो ।’ भुमिहीन इन्दु ठाकुरले वडाध्यक्ष पनि आफूहरुसँग षड्यन्त्र गरेपछि अहिले घर न घातको हुने अवस्था आएको बताइन् ।

त्यहाँ करिब १५ भुमिहीन परिवार पुस्तौं पुस्तादेखि बस्दै आएका छन् । कतिपय बृद्ध बृद्धालाई समेत कहिलेदेखि बसेको थाहा छैन । करिब ४ कट्ठा ऐलानी जग्गामा उनीहरु बस्छन् । तर अदालतले खाली गर्ने आदेश जारी गरेपछि उनीहरु चिन्तित बनेका छन् । उनीहरु बरु मर्ने तर जग्गा खाली नगर्ने अडान लिएका छन् ।

https://www.youtube.com/watch?v=k7y2B3vImKM

भुमिहीनहरु अदालतको आदेशले उठिबास हुने खबर पाएपछि राष्ट्रियसभा सदस्य रामपृत पासवान त्यहाँ पुगे । उनले पीडित परिवारहरुसँग जानकारी समेत लिएका छन् । उनले सरकारले १० वर्ष जग्गामा बसोबास गरिसकेकालाई हटाउन नमिल्ने नयाँ भुमि ऐन बनाइसकेका कारण कुनै पनि बहानामा उनीहरुलाई हटाउन नमिल्ने बताए ।

वैकल्पिक व्यवस्था नगरेसम्म जग्गा खाली नगर्न भुमिहीनहरुलाई उनले सुझाव समेत दिएका छन् । अदालतले आदेश दिएपनि जग्गा खाली गराउँदा भुमिहीनहरुमाथि अन्याय हुने उनको भनाई छ ।

https://www.youtube.com/watch?v=IBtiZVHJa0M
https://www.youtube.com/watch?v=kohHV_k-x5o
प्रकाशित : २०७६ पुष ४, शुक्रबार ०३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ