मेयर बरबरिया गलत भ्रम फैलाएको समाजवादीका नगर उपाध्यक्षको आरोप


जनकपुरधाम, ८ पुस । शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले गलत भ्रम फैलाइरहेको समाजवादी पार्टीका नगर उपाध्यक्ष मनोज कुमार यादले आरोप लगाएका छन् ।

धनुषा क्षेत्र २ शहिदनगर नगरपालिकाका समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको नगर उपाध्यक्ष यादबले दावी गरेका हुन् । नेकपाबाट निर्वाचित मेयर बरबरियाले समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको भनेल गलत भ्रम फैलाएको बताएका छन् ।

झुठ र भ्रमको खेती गर्दै राजनीतिक स्वार्थ पूरा गर्न मेयर बरबरिया खप्पिस भएको आरोप समेत उनले लगाएका छन् । मेयर बरबरिया समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराएको भनेर आफ्नो माथिल्लो तहका नेतालाई खुःशी पार्ने प्रयास गरेको आरोप पनि समाजवादीका नगर उपाध्यक्ष यादबले आरोप लगाए ।

मेयर बरबरिया तल्लो स्तरको हरकत गरेको ब्यंग्य गर्दै उनले भने, ‘समाजवादी पार्टीका नेता तथा कार्यकर्ता पार्टी तटस्थ छन् । बरबरियाको भ्रममा पर्दैन ।’ नगरपालिकामा भ्रष्टाचार गर्ने मेयर बरबरियामाथि समाजवादी पार्टीका नेता तथा कार्यकर्ता कुनै हालतमा विश्वास गर्न नसक्ने उनको तर्क छ ।

प्रकाशित : २०७६ पुष ८, मंगलवार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ