बलान बिहुल गाउँपालिका दुर्गम रहेन : दयानन्द गोईत


धर्मेन्द्र पासवान / लहान, २७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं ४ वेल्हीमा नव निर्मित भवन शनिबार बिधिवत रुपमा उद्घाटन भएको छ । वडा अध्यक्ष मो. हन्सु मियाँको अध्यक्षतामा प्रमुख अतिथि बलान बिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोइतले रिवन काटेर उदघाटन गरेको छ ।

कार्यक्रमको संयोजन बलान बिहुल गाउँपालिकाका स्वास्थ्य संयोजक मो। नसिम मियाँले गरेका थिए । नव निर्मित भुइँ तल्ले भवनमा ३ वटा कोठा एउटा शौचालय रहेको छ । वडा कार्यालयबाट उपभोक्ता मार्फत ३४ लाखको लागतमा उक्त भवन तयार भएको छ ।

भवन उद्घाटनमा युवा नेता शंकर प्रसाद गुप्ता, वडा सचिव रामबाबु यादव, कृषि प्राविधिक बृजेश झा, मोती मियाँ, वडा स्वास्थ्य ईन्चार्ज नारायण यादव, नेपाली काँग्रेसका प्रतिनिधि रामलखन साह, वडा सदस्य भगत साह लगायत सिरहा र सप्तरीका पत्रकारहरुको उपस्थितमा नव निर्मित वडा कार्यालय भवनको उद्घघाटन भएको छ ।

बलानबिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले शुभकामना मन्तव्यको क्रममा भने ुबलान बिहुल गापाको ६ वटै वडामा वडा कार्यालयको अवस्था दयनीय थियो, तर अहिले ६ वटै वडामा वडा कार्यालयको आफ्नै भवन नभए पनि सेवाग्राहीहरु लाई केही सहज भएको छ ।

ुकसैको केही गुनासो छ भने म सबैको कुरा बुझ्न, समस्या समाधान गर्न तत्पर रहेको छु । विकासको यात्रामा सबैको साथ चाहिन्छ । सबैले साथ दिएन भने म एक्लै विकास गर्न सक्दिन । म निर्वाचित हुनु अघि सडकको अवस्था गाउँबाट मुख्य सडकसम्म पुग्न हिउँदमा पनि कठिन थियो । मैले वाचा गरेको थिए कि ४५ मिनेट भित्र गाडीमा बसेर पुरै गाउँपालिका घुम्न सक्ने सहज बाटो बनाउँछु सो वाचा मैले पूरा गरेको छु ।’

उनले विश्वास नलागे मेरै गाडीमा चढेर गाउँपालिका घुम्न आग्रह समेत गरेका थिए । हामीसँग पर्याप्त स्रोत र साधन नभएकोले गाउँपालिकाको सडकहरु कालोपत्रे गर्न अस्क्षम छौं । तर पनि गाउँपालिकाले अहिलेसम्म पीसीसी र आरसीसी गरि जम्मा ३८ सय मीटर सडक ढलान गरेको छ ।

यादव अध्यक्षले भने ुम मा पनि केही त्रुटी होला ती त्रुटीलाई सच्याउन सबैको सहयोग चाहिएको छ। त्यसमा अझ थप्दै भने अब मेरो पहिलो कार्यकाल दुई वर्ष मात्र बांकी रहेकोले दुई वर्ष भित्रमा किसानको खेत खेतमा सिंचाई पुर्याउने छु र पूर्ण विधुतीय गाउँपालिका क्षेत्र नै घोषणा गर्ने प्रतिबद्धता गरेका छन् ।

बलानबिहुलमा बसपार्कको लागि १९ लाख रुपैया छुटयाएको थियो तर त्यतिको काम नहुंदा मूल्याङ्कमा १० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । मन्तव्यकै क्रमा भने अब यो दक्षिणवर्ती बलान बिहुल गाउँपालिका दुर्गम रहेन । यहाँका केही राजनितिक कर्मीहरु झूठो कुराको अफवाह उडाएर मेरो कार्यको धज्जी उडाउने गरेको अवस्था छ, त्यसैले यदि म भ्रष्टाचार गरेको छु भने, आउने निर्वाचनमा मलाई भोट नदिनु । राजनीति गर्नुको अर्थ समाज सुधार्नु, विकास गर्नु, धर्म संस्कृतिको पालना गर्नु हो ।

मन्तव्यकै क्रममा एक जना वृद्धले गोइईतसँग प्रश्न गरेकी के गरिब, निमुखा, बिपन्न बर्गलाई पानीको लागि कल नदिएर पक्की घर भएको सम्पन्न ब्यक्तिलाई कल दिनु उचित हो रु त्यसपछि अध्यक्ष गोईतले जबाफमा भने यो लोकतन्त्र हो बोल्ने सबैको अधिकार हो । प्रश्न गरेको खण्डमा म खुशी छु की अब कहाँ समस्या छ बुझ्न पाए त्यो समस्या समाधान पनि अवश्य गर्नेछु भनी सबैलाई शुभकामना दिदैं आफ्नो मन्तब्य अन्तय गरे ।

युवा नेता शंकर प्रसाद गुप्ताले भने ‘दयानन्द गोईतले गरिरहेको विकासको कार्यलाई बधाई दिएको छु किनभने विकासको गति यति तीव्र छ कि स्थानियहरुले नसोचेको भन्दा पनि अधिक छ किन भने यो उपलब्धी संघीय कारणले भएको छ ।’

त्यस्तै वाडा नं ४ का हन्सु मियाँले भने– स्थानियहरुको कामकाज गराउन वडाको आफ्नै भवन हुँदा वडा वासीहरुले अवश्य सहज पाउँनेछ किनभने वडा कार्यालयको भवन नहुँदा मेरो घरमै भिड् लाग्ने गर्थ्यो ।

प्रकाशित : २०७६ पुष २७, आईतवार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ