जनकपुरधाम, २१ माघ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संकल्प रहेको बताउनु भएको छ ।
प्रदेश सभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सभामा प्रतिपक्षी दलले खेलेको भूमिको सराहना समेत गर्नु भयो । अहिलेको एतिहासिक जिम्मेवारीमा प्रदेश सरकार र प्रदेश सभामा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत अहिले बसालिने परम्पराले प्रदेश २ लाई दिर्घकाल सम्म दिशानिर्देश गर्ने भएकोले उक्त जिम्मेवारी पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढन् सरकारका मन्त्रीहरुलाई निर्देशन समेत दिनुभयो ।
सभामुख सरोज कुमार यादवको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियार, भौर्तिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका उपनेता राम कुमार यादव सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो । समारोहमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबको समेत सहभागिता थियो ।