प्रदेश २ : ग्यास सिलिण्डर र चुलो बाड्ने क्रममा झडप, १५ घाईते, २ गम्भिर

जनकपुरधाम : रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुनखुनुवा चोकमा ग्यास चुलो र सिलिण्डर बाड्ने क्रममा झडप भएको छ ।

झडपमा १५ जना घाईते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर बनेको छ । १३ जनाको उपचार गौरस्थित जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भिर घाईते खुसैद आलम र रवि खातुनलाई भरतपुर पठाइएको छ ।

ग्यास चुलो र सिलिण्डर वितरण भइरहेका बेला एक समूह आएर आफुहरुलाई पनि चाहियो भन्दै वडाध्यक्ष रहमत आलम राकीको घरभित्रै पसेर आक्रमण गरेपछि दोहोरो झडप भएको गाउँपालिकाका प्रवक्ता नन्दलाल यादवले जानकारी दिए ।

अहिले घटनास्थलको अवस्था समान्य भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गाउँपालिकालाई धुवाँ मुक्त बनाउने उदेश्य अनुरुप ग्यास चुलो र सिलिण्डर बाड्ने कार्यक्रम राखेको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा सो गाउँपालिकामा १ हजार ८ सय ७५ सेट ग्यास चुलो र सिलिण्डर बाड्ने योजना गाउँपालिकाको छ ।

प्रकाशित : 29 July 2020 6:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !