काठमाडौं : काठमाडौंको वसन्तपुरस्थित शिव मन्दिरमा दूधले नुहाएर शिवको पूजाअर्चना गरिएको छ । साउन १५ को अवसरमा शिवलाई दुधले नुहाएर विशेष पूजाअर्चना गरिएको हो ।
हरेक वर्ष साउनको १५ गते यहाँको शिवको प्रतिमालाई दूधले नुहाउने प्रचलन छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाएर खुशी र समृद्धिको लागि प्रार्थना गर्ने गर्छन् ।
साउन महिनामा व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पुरा हुने धार्मिक विश्वास पनि छ ।
- देशसञ्चार