जनकपुरधाम : भाई बहिनीको साझा पर्व रक्षा बन्धन अर्थात राखी बन्धनका भावलाई आफना गीती सृजना तथा स्वर मार्फत सिरहा गोलबजार ६ का गुरुशरण सदाले ‘चान्दो सँ निक हमर बहिना- राखी लेने अइहे हमर अंगना…’ नामक मैथिली गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।
सवरी संकल्प समाज गोलबाजर र मेगा म्युजिक स्टुडियो मिर्चैया ब्यबस्थापन तथा उत्पादन रहेको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेन्मनट र मेगा म्युजिक स्टुडियोको युट्युव च्यानल मार्फत आइतवार सार्वजानि गरिएको हो । मेगा म्युजिक स्टुडियोका निर्देशक मंजय अंसारीले म्युजिक भिडियोमा भाई बहिनीको माया, प्यार संसारमै अमर रहने र कहिले नमेटिने गीतको भाव अनुसार म्युजिक भिडियोमा छायाकन गरिएको बताए ।
गीत अत्यन्त उतकृष्ट रहेको बताउदै उहाले लकडाउन र वर्तअवस्थाका कारण केही त्रुटिरहेता पनि यो राखीको लागी सान्दर्भिक रहेको बताए । गुरुरशरण सदाको रचना तथा दिपेन्द्र रामद्धारा संगितबद्ध रहेको उक्त गीतको म्युजिक भिडियोलाई कलकार मुकेश यादबले निर्देशन गरेका हुन् ।
यहां क्लिक गरेर भिडियो हेर्नुहोस्
सिरहाको मिरर्चैया सेरोफेरोमा छायाकन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार मुकेश यादब, आर्यन , वि.के. चौधरी, गीता चोधरी, नैना र साधानाले भुमिका निर्वाह गरेका छन् भने भिडियो छायांकन शत्रुधन शर्माले गरेका हुन ।
विशेष गरि तराई मधेशमा जनै पुर्णिमको दिन मनाईने राखी बन्धनमा दिदी बहिनीहरुले दाजुभाईको दाहिने हातमा राखी बाधेर भगवानसंग रक्षार्थ तथा दिर्घायुको कामना गर्ने गर्छ र दाजुभाईहरुले आफना क्षमता अनुसारको दिदी बहिनीहरुलाई दक्षिणा दिने गरेका पाईन्छ ।