जयनाथ यादव, लहान । सिरहाको लहानमा भोलीबाट सुरु हुने ‘लहान एक्सपो महोत्सवको’ सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्ला उधोग वाणिज्य संघ लहानले समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार मुल नाराका साथ ‘लहान एक्स्पो महोत्सवको’ आयोजना गर्न लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक संघका अध्यक्ष विकाश शारदाले जानकारी दिए ।
उनका अनुसार भोली विहान ११ बजे महोत्सवको उद्घाटन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्नेछन् ।
लहानमा व्यावसायिक वातावरण, पर्यटन प्रवर्धन र सामाजिक कार्यमा जिल्ला उधोग वाणिज्य संघ लहानको आफ्नो नाम पहिचान होस् भने विश्वाशका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष शारदाले बताए ।
महोत्सवका मुल नारालाई मध्यनजर गर्दै कृषिका स्टल, महिला उद्यमी र साना घरेलू उद्यमीहरुको पनि स्टल राखिनेछ । अन्तर्राष्ट्रीय स्तरमा पाकिस्तानका लेदर ज्याकेटदेखि बंगालादेशबाट साडीका सुटहरु र भारतबाट युटिन्सीलका राम्रो राम्रो प्रोडक्टहरुको स्टलहरु रहने उनको भनाई छ ।
साथै महोत्सवमा हाम्रो भेसभुषा अनुसारको परिकारहरुका स्टल र नेपालका विभिन्न ब्रान्डेड बस्तु वा जुत्ता, चप्पल स्नाक्स ईत्यादीहरुको स्टल समेत रहनेछ ।
महोत्सवको विषेश आकर्षणका लागि ५५ फिटको आइफिल टावर तथा सेल्फिजोन र नेपाली आकृतिको प्रवेशद्धार एवं बच्चा तथा युवाकाहरुका लागि एडभेन्चर प्रकारका खेलहरुको व्यबस्थापन मिलाइएको छ ।
महोत्सवमा प्रवेश गर्न ९ दिन एक सय रुपैया तोकिएको छ । तर ६ गते अन्तर्राष्ट्रीय कलाकारहरु अक्षरा सिंह, रचना रिमाल र रोशनी झाको उपस्थिति हुने भएकोले ३ सय रुपैया टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।