काठमाडौं : स्वास्थ्य मन्त्रालयका कार्यरत कर्मचारीको श्रीमतीमा कोरोना पुष्टि भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा उक्त ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीको श्रीमतीमा कोरोना पुष्टि भएको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
पाँचमध्ये १ जना स्वास्थ्य मन्त्रालयका कर्मचारी रहेका मिजारले बताए । उनले भने,’ केही दिनअघि उनीहरु वीरगञ्जबाट आएका थिए । वीरगञ्ज कोरोना संक्रमित क्षेत्र भएकोले उतै कोरोना लागेको हुन सक्छ ।’
संक्रमित महिलाका पति अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् । कर्मचारी स्वास्थ्य मन्त्रालय गएका थिए, थिएनन् त्यस विषयमा अनुसन्धान भइरहेको मिजारले जानकारी दिए ।
– थाहा खबर