काठमाडौं : छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेर ९९ हजार ८ सय पुगेको छ।
आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ । चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको छ। अहिले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
कोरोना भाइरसको महामारीपछि विश्वभर सुनको मूल्य बढिरहेको छ । सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।