काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । ललितपुरको बंगलामुखी क्षेत्रलाई केन्द्र बनाएर अपरान्ह ४ः३० बजे ३.५ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि मंगलबार राति ११.४० बजे पनि भूकम्पको धक्का महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो ।